सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौंः आज स्थानीय बजारमा सोमबारको तुलनामा सुनको मूल्य एक हजार ३०० ले बढेको छ भने चाँदीको मूल्य १० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ८०० र एक तोला चाँदीको मोल पाँच हजार ५८५ निर्धारण भएको छ । सोमबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १३ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ५९५ निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ अमेरिकी डलर तथा त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्



