नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update