नेपाल न्युज प्वाइन्ट डटकम
व्यापारी अग्रवालको घरमा राजस्वको छापा, २ करोडसहित ३ जना पक्राउ

काठमाडौं : काठमाडौंको क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । 

विभागले अग्रवालको घरबाट स्रोत नखुलेको कम्तीमा २ करोड रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अग्रवालसहित उनका सहयोगीहरु छन् । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update