नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । प्रहरीले प्रसाईंलाई भक्तपुरको पुरानो थिमिबाट पक्राउ गरेको हो ।

निर्वाचन बिथोल्ने गतिविधिमा सक्रिय भएको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ ।

यसअघि उनी माघ २३ गते पनि पक्राउ परेका थिए । तर उनी माघ २५ गते नै हाजिरी जमानीमा रिहा भएका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update