नेपाल न्युज प्वाइन्ट डटकम
नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

काठमाडौं : आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्टइन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । 

भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो । 

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ४७ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

समूह चरणका खेलमा लगातार दोस्रो हार बेहोरेको नेपाललाई आज जित्नै पर्ने दबाब छ । नेपाल यसअघि इङ्ल्यान्ड र इटालीसँग पराजित भएको थियो ।

दीपेन्द्र टी-२० विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि सन् २०१४ को मा नेपालले टी-२० विश्वकपमा सुवास खकुरेलले हङकङविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update