नेपाल न्युज प्वाइन्ट डटकम
शुभेच्छुकको भिड छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट निर्मल निवासतिर

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं फर्किएका छन् । उनी शुक्रबार झापाबाट हेलिकप्टरमा त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।

उनको स्वागतमा विमानस्थल बाहिर ठुलो भिड जम्मा भएको थियो । दुर्गा प्रसाईंसहित ठूलो संख्यामा समर्थक विमानस्थल पुगेका थिए । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा आउ देश बचाऊ’ लगायतका नारा लगाएका थिए ।

त्यो भिडलाई छिचोल्दै पूर्वराजा ज्ञानेन्द्र निर्मलनिवास पुगेका छन् । विमानस्थलमा स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update