नेपाल न्युज प्वाइन्ट डटकम
राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य

काठमाडौं : राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्‍ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेका हुन् ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update