नेपाल न्युज प्वाइन्ट डटकम
आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौंः स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । मंगलबारको तुलनामा दुवै धातुको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० कायम भएको छ । 

मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update