नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशी नदीमा खस्यो, ४ जनाको मृत्यु

काठमाडौं : काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ ।

१९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिकै लिलौटी भन्ने ठाउँबाट तामाकोशी नदीमा खसेको हो ।

दुर्घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार नदीबाट ४ जनाको शव निकालिएको छ ।

घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०८२  ११:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update