नेपाल न्युज प्वाइन्ट डटकम
३३ किलो सुन प्रकरणमा जिल्लाकै फैसला सदर, गोरेलाई १० वर्ष कैद सजाय

काठमाडौं : उच्च अदालत विराटनगरले बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीमा भएको सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्तहरूलाई जिल्ला अदालत मोरङले तोकेको सजाय सदर गरेको छ ।

उच्च अदालतले मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’, नरेन्द्र कार्की (कृष्ण), मोहन काफ्ले र भोजराज भण्डारीको जन्मकैदको फैसला आंशिक उल्ट्याएर उनीहरूलाई १० वर्ष कैद सजाय तोकेको छ ।

मोरङ जिल्ला अदालतले पहिले गोरेलाई सनम शाक्यको अपहरण तथा शरीर बन्धक मुद्दामा १० वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना र परिवारलाई १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको थियो । सनमको हत्या अभियोगमा भने जन्मकैद सजाय सुनाइएको थियो । उच्च अदालतले यसै फैसला सदर गरेको हो ।

सुन तस्करी प्रकरणमा प्रहरीले कुल ७७ जनालाई प्रतिवादी बनाएको थियो । केही प्रतिवादीको हकमा सजायमा परिवर्तन गरिएको छ । नरेन्द्र कार्की, मोहन काफ्ले र भोजराज भण्डारीको हकमा पहिले २० वर्ष कैद तोकिएको थियो, तर उच्च अदालतले १० वर्षकै सजाय कायम गरेको छ।

त्यसैगरी, मदन प्रसाद घिमिरेको हकमा जिल्ला अदालतले ६ महिनाको कैद तोकेको थियो भने उच्च अदालतले ३ वर्ष कैद सुनिश्चित गरेको छ । बाँकी सबैको हकमा फैसला अपरिवर्तित रह्यो ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update