नेपाल न्युज प्वाइन्ट डटकम
बढ्यो सुनचाँदीको भाउ

काठमाडौंः नेपाली बजारमा सुन र चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ ।

महासङ्घका अनुसार सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला चार हजार एक सयले बढेर तीन लाख चार हजार ६०० पुगेको छ । साथै चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला २४० ले बढेर पाँच हजार २५० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update