नेपाल न्युज प्वाइन्ट डटकम
वरिष्ठ कलाकार सुनिल थापाको निधन

काठमाडौं : वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ।

चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको थियो। नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढी देखिएका छन्।

थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update