नेपाल न्युज प्वाइन्ट डटकम
दुर्गा प्रसाईंमाथि मुक्का प्रहार

काठमाडौं : बागलुङमा दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ ।

‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बिहीबार बागलुङ पुगेका प्रसाईंमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेको प्रहरीले जानकारी दिएको छ।

प्रसाईंलाई मुक्का हान्ने गौतमलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार प्रसाईं मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेका हुन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १५:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update