दुर्गा प्रसाईं पक्राउ
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईंलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको चाल्नाखेलबाट उनी पक्राउ परेका हुन् । साइबर ब्युरोमा उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यसअघि सार्वजनिक शान्ति विरुद्धको कसुरमा माघ ५ मा पोखराबाट पक्राउ परेका प्रसाईं माघ ६ गते नै रिहा भएका थिए । उनी पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२ १३:३६
प्रतिक्रिया दिनुहोस्



