पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।
भट्टराईको सचिवालयका अनुसार भोजप्रसाद भट्टराईको आज बिहान ८:१५ बजे निधन भएको हो । केही दिनयता स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई उपचारका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।
सोही अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको सचिवालयले जनाएको छ । स्वर्गीय भोजप्रसाद भट्टराईको आजै बिहान ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२ ११:५६
प्रतिक्रिया दिनुहोस्



