नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा नौ हजार दुई सय रुपैयाँले घटेर दुई लाख ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला तीन लाख चार हजार सात सय  रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी तोलामा ६२० रुपैयाँले घटेर प्रतितोला चार हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update