नेपाल न्युज प्वाइन्ट डटकम
स्वास्थ्य बीमामा देखिएको स्रोतको समस्या तत्काल समाधान हुन्छः प्रधानमन्त्री कार्की

काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धि समस्या तत्काल समाधान गर्ने बताएकी छन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले यस्तो प्रतिवद्धता व्यक्त गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने बताइन् । उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन् । गरिव, अपांग, अशक्तलगायतका कमजोर मानिसहरुका लागि स्वास्थ्य बीमा कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने औंल्याइन् । जनताले प्रिमियर तिर्ने तर सरकारले उनीहरुका लागि बजेटको व्यवस्था नगर्ने कुरा कुनै पनि हालतमा हुन नसक्ने पनि प्रधानमन्त्री कार्कीको भनाइ थियो ।  

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update