नेपाल न्युज प्वाइन्ट डटकम
त्रिभुवन विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको इन्जिनमा आगलागी, कलकत्ता डाइभर्ट

काठमाडौंः काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा आगलागी भएपछि कलकत्ता डाइभर्ट गरिएको छ । टर्कीको इस्तानबुलका लागि उडेको 'टीएचवाई ७२७’ नम्बरको जहाजको दायाँ इन्जिनमा आगलागी भएपछि कलकत्ता डाइभर्ट गरिएको हो । 

जहाजले त्रिभुवन विमानस्थलबाट बुधबार दिउँसो १ः२८ बजे उडान भरेको थियो । विमानस्थल स्रोतका अनुसार उडान भरेको ४ मिनेट पछि दायाँ इन्जिनमा आगलागी भएको हो । त्यसको दुई मिनेट अघि एउटा इन्जिन फेल भएको थियो।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update