नेपाल न्युज प्वाइन्ट डटकम
साढे १४ हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा १४ हजार चार सय रुपैयाँले बढेर तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

आज चाँदी तोलामा २६५ रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update