नेपाल न्युज प्वाइन्ट डटकम
भारत बजेट : नेपाललाई १२ अर्बभन्दा बढी अनुदान दिइने

काठमाडौं : भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ मा नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने भएको छ । यो रकम नेपाली रुपैयाँमा रूपान्तरण गर्दा करिब १२ अर्ब ८० करोड रुपैयाँ हुन्छ ।

आइतबार भारतीय संसद्‍मा आर्थिक वर्ष २०२६/२७ का लागि केन्द्रीय बजेट प्रस्तुत गर्दै भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपाललाई उक्त अनुदान प्रदान गर्ने उल्लेख गरेकी हुन् । चालु आर्थिक वर्ष २०२५/२६ मा भने भारतले नेपाललाई ७ सय ३० करोड भारतीय रुपैयाँ उपलब्ध गराउने संशोधित अनुमान छ ।

भारतले सार्वजनिक गरेको नयाँ बजेटमा नेपालका लागि विकास सहायता रकम बढाइएको छ । ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपाललाई दिइने अनुदान अघिल्लो वर्षको तुलनामा १ सय करोड भारतीय रुपैयाँले वृद्धि गरिएको हो । अनुदान वृद्धिले पूर्वाधार विकास, सीमा क्षेत्रका परियोजना तथा सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप मजबुत हुने अपेक्षा गरिएको छ ।

छिमेकी मुलुकहरूमध्ये भारतले सबैभन्दा बढी भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । पाकिस्तानबाहेक सबै दक्षिण एसियाली मुलुकलाई भारतले विकास सहायता दिने गरेको छ ।

भारतले क्षेत्रीय सम्बन्धलाई प्राथमिकतामा राख्दै नेपालसँगै भुटान, श्रीलंका र अफगानिस्तानका लागि पनि सहायता रकम बढाएको छ । यसलाई भारत–छिमेकी मुलुकबीचको विकास साझेदारी निरन्तरताको संकेतका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update