एकै दिन २० हजार ५०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले घटेर तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा ४४० रुपैयाँले घटेर प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२ ११:३९
प्रतिक्रिया दिनुहोस्



