सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ
काठमाडौँ : नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले बढेर प्रतितोला ७ हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२ १३:१५
प्रतिक्रिया दिनुहोस्



