नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले घटेर दुई लाख ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन प्रतितोला दुई लाख ९५ हजार एक सय सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

आज चाँदी तोलामा ५० रुपैयाँले घटेर प्रतितोला पाँच हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update