नेपाल न्युज प्वाइन्ट डटकम
एसईई चैत १९ देखि हुने (तालिकासहित)

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १९ देखि २९ चैतमा सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो । 

तालिकाअनुसार १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । त्यस्तै २० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा विज्ञान तथा प्रविधि, २४ चैतमा सामाजिक अध्ययन, २५ चैतमा ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ चैतमा ऐच्छिक  द्वितिय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुने छ । 

बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २७, २८ र २९ चैतमा भने प्राविधिक धारका बाँकी विषयका परीक्षा सञ्चालन हुने छ । 

यसपटक २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएका कारण एसईई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो ।  गत वर्षको एसईई ७ चैतबाट सञ्चालन भएको थियो । 

614222144_1711194269855196_5067903635786917342_n-1769000991.png

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update