काठमाडौं : नेपाल डेरी एसोसिएसनको अध्यक्षमा प्रल्हाद दाहाल पुनः निर्वाचित भएका छन् । एसोसिएसनको २७औं साधारण सभा तथा नवौं राष्ट्रिय अधिवेशनबाट दाहाल सर्वसम्मत रूपमा चयन भएको छ । दाहाल हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टरका सञ्चालक हुन् ।
यस्तै एसोसिएसको वरिष्ठ उपाध्यक्षमा दिपप्रसाद धमला, उपाध्यक्षमा मनोज कुमार यादव, कर्ण बहादुर हमाल, मनोज कुमार घिमिरे, योगेन्द्र चिमरिया, दयाराम भण्डारी र रामभक्त दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै महासचिवमा हेमचन्द्र खनाल र सचिवमा शिवहरि आचार्य निर्वाचित भएका छन् ।
एसोसिएसनको कोषाध्यक्षमा शिवलाल भुसाल, उपमहासचिवमा विजयप्रसाद चौरासिया, सह–सचिवमा रमेश सञ्जेल र सह–कोषाध्यक्षमा अशेष कुमार बुढाथोकी चयन भएका छन् ।
केन्द्रीय सदस्यहरूमा रविशरण थापा, शिव घिमिरे, नवराज तिमल्सिना, विष्णु बोहोरा, अजित बजगाई, टिकाराम खराल, कृष्णप्रसाद भट्टराई, रविन्द्र हुमागाईं, जनक न्यौपाने, तुलुकामी थिङ तामाङ, रामचन्द्र बराल, राजकुमार बाइबा, नारायणप्रसाद शर्मा, सुमन गौतम, कुलप्रसाद बजगाई, पवनप्रसाद बास्तोला, प्रेमबहादुर धामी, गणेशबहादुर बोहोरा, निराजन कोइराला, ज्ञानराज लामा, राजकुमार श्रेष्ठ, प्रकाश सामन्त लगायत चयन भएका छन् ।


