नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रहेको छ । आज सुन तोलामा १० हजार चार सय रुपैयाँले बढेर दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार सात सयरुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला पाँच हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update