दुर्गा प्रसाईं पक्राउ
काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।
निर्वाचन आयोगमाथि गम्भीर आरोप लगाएपछि आयोगले प्रसाईंविरुद्ध अनुसन्धान गर्न भन्दै साइबर ब्युरोलाई पत्र पठाएको थियो ।
उनले कांग्रेसको विषेश महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएर आधिकारिकता पाएको अभिव्यक्ति दिएका थिए ।
प्रसाईंले पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत सार्वजनिक भएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ५, २०८२ १६:५०
प्रतिक्रिया दिनुहोस्


