धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु
धरान : सुनसरीको धरानमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । भेडेटारबाट धरानतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटना भएको हो ।
जनकपुरबाट धनकुटाको भेडेटार पुगेर आएको को १ ख ७११९ नम्बरको बस ब्रेक फेल भएर धरान-१३ स्थित जिरो प्वाइन्ट क्षेत्रमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा १२ जना घाइते भएको र उनीहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०८२ १७:५४
प्रतिक्रिया दिनुहोस्


