नेपाल न्युज प्वाइन्ट डटकम
शोक प्रस्ताव पारित गरेर सकियो राष्ट्रिय सभाको चालु अधिवेशनको पहिलो बैठक

काठमाडौं : शोक प्रश्ताव पारित गर्दै राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आइतबार सिंहदरबारमा बसेको चालु अधिवेशको पहिलो बैठक शोक प्रश्ताव पारित गरेको सकिएको हो ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराए ।

साथै अध्यक्ष दाहालले राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गरे । प्रस्तावलाई सभाले सर्वसम्मत पारित गर्दै उनको निधनमा एक मिनेट मौनधारण समेत गर्‍यो ।

शोक प्रस्ताव पारित भएसँगै राष्ट्रिय सभाको अर्को बैठक माघ ९ गतेका लागि बोलाइएको छ । 

प्रकाशित मिति: आइतबार, माघ ४, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update