काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा
काठमाडौं : काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् । उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष राजीनामा बुझाएका हुन् ।
पाण्डे फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीमा छन् । सोही कारण उनले राजीनामा दिएको बुझिएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२ १४:०३
प्रतिक्रिया दिनुहोस्


