नेपाल न्युज प्वाइन्ट डटकम
सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुन प्रतितोला १५ सय रुपैयाँले घटेर आज प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुन प्रतितोला २ लाख ७८ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलाको १ सय ७० रुपैयाँले घटेर आज ५ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update