नेपाल न्युज प्वाइन्ट डटकम
गायक प्रशान्त तामाङको निधन

काठमाडौं : गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । ४२ वर्षीय तामाङको दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।

उनको कार्डियाक अरेस्टका कारण निधन भएको संगीतकार राजेश घतानीले जानकारी दिए ।

इन्डियन आइडलको तेस्रो संस्करणका विजेता समेत रहेका तामाङ अभिनेता पनि हुन् । उनका नेपाली फिल्म 'गोर्खा पल्टन', 'परदेशी', 'परदेशी-२' चर्चित छन् ।

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update