पिकनिकबाट फर्किँदै गरेको बस शंखरापुरमा दुर्घटना
काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा बस दुर्घटना भएको छ ।
जर्सिङ पौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सडकबाट बस सय मिटर तल खसेर रुखमा अड्किएको र लगत्तै प्रहरी उद्धार गरेको प्रहरीले जनाएको छ । बसमा ३५ देखि ४० जना सवार रहेकोमा दुर्घटनामा कम्तीमा २२ जना घाइते भएको बताइएको छ ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०८२ १९:२५
प्रतिक्रिया दिनुहोस्


