नेपाल न्युज प्वाइन्ट डटकम
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री महाराले बिहीबार एमालेबाट चार, नागरिक उन्मुक्ति पार्टीबाट एक र स्वतन्त्रबाट एक मन्त्री थप गरेका हुन् । योसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।

विस्तारित मन्त्रिमण्डलमा एमालेका चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

संसदीय दलका उपनेता आचार्यले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका हुन् । बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले बिना विभागीय मन्त्री भएका छन् । उनीहरूले आजै साँझ ५ बजे शपथ लिने तयारी छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update