नेपाल न्युज प्वाइन्ट डटकम
टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२६ खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि क्यानले विश्वकपको तयारीका लागि भन्दै २४ खेलाडीलाई प्रशिक्षण क्याम्पमा बोलाएको थियो । क्यानले सोही २४ खेलाडीमध्येबाट १५ खेलाडी सम्मिलित अन्तिम सूची तयार पारेको हो ।

नेपाल प्रिमियर लिग (एनपिएल)मा प्रभावशाली प्रदर्शन गरेका उदीयमान खेलाडी शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा अटाएका छन् । नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, नन्दन यादव, आरिफ सेख, शेर मल्ल, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी र बसिर अहमद रहेका छन् ।

आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा आयोजना हुने यो प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् । नेपालको सबै खेल भारतको वान्खडे रंगशालामा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update