नेपाल न्युज प्वाइन्ट डटकम
काठमाडौं महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत परियारले पाए सफाइ

काठमाडौं : काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । 

काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दामा सहसचिव प्रदीप परियारले सफाइ पाएका हुन् ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले परियारसहित सबैलाई सफाइ दिएको हो ।

उनीविरुद्ध अख्तियारले चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

बाटो तथा ढल निर्माण सम्बन्धमा बदनियत राखेर ठेक्का लगाएको र मनसायपूर्वक गलत मूल्यांकन प्रतिवेदन खडा गरी सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी गरेको अख्तियारले ठहर गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस २२, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update