नेपाल न्युज प्वाइन्ट डटकम
टी-२० विश्वकपमा नेपालले लगाउने जर्सी सार्वजनिक

काठमाडौं : आइसिसी पुरुष टी-२० विश्वकप २०२६ मा नेपालले लगाउने जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टी–२० विश्वकपमा नेपालले लगाउने जर्सी सार्वजनिक गरेको हो ।

विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सीको ३ फरक स्तर छन् । खेलाडीकै स्तरको जर्सी ३ हजार ४ सय ९९, रेप्लिका जर्सी १ हजार ५ सय ९९ र फ्यान जर्सी ७ सय ९९ रुपैंयाँमा खरिद गर्न सकिने क्यानले जनाएको छ ।

टी-२० विश्वकपको दशौं संस्करण भारत र श्रीलंकामा माघ २४ देखि सुरु हुँदैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा छ । यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन् ।

नेपालले पहिलो खेल इंग्ल्यान्डसँग माघ २५ गते खेल्नेछ । नेपालको दोस्रो खेल इटालीसँग माघ २९ गते, तेस्रो खेल वेस्ट इन्डिजसँग फागुन ३ र अन्तिम खेल बंगलादेशसँग फागुन ५ मा हुनेछ ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update