रमेश लेखकविरुद्धको स्थान हद फुकुवा
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको स्थान हद फुकुवा भएको छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौं उपत्यका छाड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ १७:०१
प्रतिक्रिया दिनुहोस्


