रविलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्चबाट सदर
काठमाडौं : उच्च अदालत पाटनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित अन्य आरोपितलाई धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशलाई सदर गरेको छ ।
न्यायाधीशहरु खडानन्द तिवारी र दिपककुमार खरेलको इजलासले रवि लामिछाने, छविलाल जोशी, सुनिता नेवा र कमल लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले दिएको धरौटी आदेशलाई सदर गरेको हो ।
उच्च अदालतले जिल्ला अदालतको आदेश कानुनसम्मत देखिएको ठहर गर्दै आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १७, २०८२ १६:५४
प्रतिक्रिया दिनुहोस्


