एकैदिन ७ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेर प्रतितोला दुई लाख ६२ हजार एक रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुनको मूल्य तोलामा दुई लाख ७० हजारमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा तीन सय पाँच रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०८२ ११:३६
प्रतिक्रिया दिनुहोस्


