नेपाल न्युज प्वाइन्ट डटकम
यस्तो छ जाँचबुझ आयोगमा लेखकले पेस गरेको लिखित जवाफ (पूर्णपाठसहित)

काठमाडौं : भदौ २३ र २४ गतेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगमा उपस्थित भएर पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार लिखित धारणा पेस गरेका छन् । उनले प्रदर्शनका क्रममा बल प्रयोग गर्न आफूले कुनै आदेश नदिएको दाबी गरेका छन् । 

लेखकका अनुसार भदौ २२ गतेको सुरक्षा समितिको बैठकमा कुनै हताहती नहोस् भन्दै संयमता अपनाउन निर्देशन दिइएको थियो । तर जेनजी आन्दोलनलाई लोकतन्त्रविरोधी तत्त्वले हाइज्याक गरेको उनको भनाइ छ । गृहमन्त्रीले नीतिगत निर्देशन मात्र दिने र अपरेसनल कमान्ड सुरक्षा निकायको हुने स्पष्ट गर्दै गोली चलाउने आदेश नदिएको बताएका छन् । 

राज्यका अंगहरूमाथिको आक्रमणलाई उनले लोकतन्त्रविरुद्धको सुनियोजित षड्यन्त्र भनेका छन् । घटनामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा तत्काल राजीनामा दिएको पनि उनले स्मरण गराएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update