जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
काठमाडौं : जाँचबुझ आयोगविरुद्ध दर्ता भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो ।
सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो ।
अधिवक्ता विपिन ढकालले गत कात्तिक १८ गते आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सहितलाई कामकारबाही गर्न रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ १५:००
प्रतिक्रिया दिनुहोस्


