नेपाल न्युज प्वाइन्ट डटकम
मोटरसाइकल दुर्घटनामा परी क्रिकेट खेलाडी थापाको मृत्यु

काठमाडौँ : मोरङको विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा कोशी प्रदेशका राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ ।

बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर उनी घाइते भएका थिए ।

घाइते थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याइए पनि राति साढे १२ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update