सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ६ सय रुपैयाँले घटेर २ लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुन प्रतितोला २ लाख ६८ हजार एक रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी २० रुपैयाँले घटेर तोलामा ४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला ४ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२ ११:४८
प्रतिक्रिया दिनुहोस्


