गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

काठमाडौं : गण्डकी प्रदेश सभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।
आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री खगराज अधिकारी रहेका छन् ।
सभामुखको समेत हस्ताक्षर प्रयोग गरी मुख्यमन्त्री बनेको भन्दै कांग्रेसले दायर गरेको रिटमा सर्वोच्च अदालतले मुख्यमन्त्री अधिकारीलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न चैत २८ गते आदेश दिएको थियो ।
मुद्दाको अर्को पेशी वैशाख १० गतेलाई तोकिएको छ । तर त्यसअघि नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री रहेका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्