नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्यमा भारी वृद्धि

काठमाडौंः आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा पाँच हजार ५०० र चाँदीको मूल्य २० ले वृद्धि भएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार २०० कायम भएको छ भने चाँदीको मूल्य तोलामा चार हजार २५५ पुगेको छ ।

छापावाल सुन सोमबार तोलामा दुई लाख ६१ हजार ७०० सय कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य रू चार हजार २३५ थियो ।

अन्तर्राष्ट्रिय बजारको प्रभाव र मागमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ८, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update