नेपाल न्युज प्वाइन्ट डटकम
सुनको मूल्य घट्यो

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । 

१ सय रुपैयाँले घटेर आज प्रतितोला दुई लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार भने प्रतितोला दुई लाख ५८ हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने बढेको छ । तोलामा १ सय रुपैयाँ बढेर चार हजार १ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रवार  प्रतितोला ४ हजार ५ रुपैयाँमा कायम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ६, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update