सुनको मूल्य घट्यो
काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा दुई हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ५८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ७५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने ४ हजार ८० रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्


