रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ । उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले निवेदन दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२ १६:५५
प्रतिक्रिया दिनुहोस्


