नेपाल न्युज प्वाइन्ट डटकम
अस्ट्रेलियाको सिड्नीमा गोली चल्दा १२ जनाको मृत्यु

सिड्नी : अस्ट्रेलियाको सिड्नीको बोन्डीबीचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १२ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिड्नीको प्रहरीले एक अज्ञात समूहको आक्रमणमा केही व्यक्तिको मृत्यु भएको र घटनामा संलग्नता रहेको आशंकामा दुई जनालाई हिरासतमा लिइएको जनाएको छ । 

यहूदी समुदायका धेरै सदस्यहरू साँझमा दीप प्रज्वलन गरी मनाइने आठ दिन लामो यहूदी पर्व हनुक्का मनाउने क्रममा छुट्टीमा समुद्र तटमा भेला भएका थिए ।

‘अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन’का अनुसार कम्तीमा १६ जनालाई अस्पताल लगिएको छ र धेरैको घटनास्थलमै उपचार भइरहेको छ । 

अस्ट्रेलियाको यहुदी संघका प्रमुख रोबर्ट ग्रेगरीले सिड्नीको बोन्डी समुद्री तटमा हनुक्का कार्यक्रमका क्रममा आइतबार भएको गोलीकाण्ड ‘त्रासदीपूर्ण तर पूर्ण रूपमा पूर्वानुमानित’ भएको बताउनुभएको छ । 

‘अल्बानिज सरकारलाई धेरै पटक चेतावनी दिइयो तर सरकार यहुदी समुदायको रक्षाका लागि पर्याप्त कदम चाल्न असफल भएको छ,’ फ्रान्सको प्रसिद्ध समाचार संस्था एएफपीले ग्रेगरीलेलाई उद्धृत गरी लेखेको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update